पहिरोले बगाउँदा सासू-बुहारी बेपत्ता, १ जना भागेर ज्यान जोगाउन सफल  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरोले बगाउँदा सासू-बुहारी बेपत्ता, १ जना भागेर ज्यान जोगाउन सफल 


३ असार २०७९, शुक्रबार


काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । 

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासू र यशोदा बुहारी हुन् । 

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । पहिराले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपायासमेत पुरेको बताइएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस