प्रदेश सरकारले निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश सरकारले निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने


२ असार २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने भएको छ । 

बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुने गरी महँगी भत्ता दिने बताएका छन् । 

सम्बन्धित समाचार : बागमतीको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता

बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिनुका साथै प्रदेश मातहतका कर्मचारीको सामूहिक रु १० लाख दुर्घटना बिमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस