भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य ,डिजेल लिटरमै १९ रुपैयाँ वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य ,डिजेल लिटरमै १९ रुपैयाँ वृद्धि


२ असार २०७९, बिहिबार


काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

आईओसीले आज (बिहिबार) (जून १६)मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ ।

हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस