राष्ट्रियसभा बैठक : विधेयक सर्वसम्मतिले स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा बैठक : विधेयक सर्वसम्मतिले स्वीकृत


२ असार २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त विधेयकमाथि विचार गरियोस् भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेश गरेका थिए ।

यस्तै बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि सदनसमक्ष प्रस्तुत गरेका थिए ।

शोक प्रस्ताव पारित

बैठकले पूर्व मन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

स्व चौधरी नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०बाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस