सेयर बजार दोहोरो अङ्कले बढ्यो , १ अर्ब १८ करोडको कारोबार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेयर बजार दोहोरो अङ्कले बढ्यो , १ अर्ब १८ करोडको कारोबार


२ असार २०७९, बिहिबार


काठमाडौँ । आज (बिहीबार) सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने १२.५७ अङ्कले बढेको हो ।

०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७८.९४ अङ्कमा पुगेको छ ।

१ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सयको सेयर खरिद बिक्री भएको छ । २ सय २१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको हो ।

आज आँधिखोला लघुवित्तको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १३ करोड ८८ लाख ९७ हजारको सेयर कारोबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस