प्रधानमन्त्री देउवा संसदमा अनुपस्थित , गृहमन्त्रीले जवाफ दिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा संसदमा अनुपस्थित , गृहमन्त्रीले जवाफ दिँदै


२ असार २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कार्यव्यस्तताको कारण देखाउँदै संसदमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री देउवा कार्यव्यस्तताले उपस्थित हुन नसक्ने पत्र आएको जानकारी गराएका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवा बिरामी वा विदेश भ्रमणमा रहेको अवस्थामा मात्रै अरुले जवाफ दिनुपर्ने माग गरेका थिए । उनले त्यसबारे जानकारी माग गरेका थिए । सभामुखले भने विगतको अभ्यास र प्रधानमन्त्री कार्यालयको पत्रलाई उल्लेख गर्दै गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस