२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

साथै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा विरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार पालिका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको छ ।

जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटर बाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा गराइएको‚ डोर हाजिर तथा माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको पाइएको अख्तियारले जनाएको छ ।

अधिकृत अर्याल, इन्जिनियर पौडेल, सब इन्जिनियर घिमिरे र लेखापाल यादवबाट अनियमितता भएको रकम बराबरको बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्नमाग गरिएको छ ।

त्यसै गरी उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी कैद वा जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी लिइएको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस