बजेट पारित भएलगत्तै मन्त्री हेरफेर गर्ने नेकपा एसकाे निर्णय « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बजेट पारित भएलगत्तै मन्त्री हेरफेर गर्ने नेकपा एसकाे निर्णय


१ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भए लगत्तै कार्यान्वयन गर्ने भएको छ ।

स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने भएको हो ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस