बालेनले गरे हिमालय टिभीका पत्रकारमाथि दुर्व्यवहार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालेनले गरे हिमालय टिभीका पत्रकारमाथि दुर्व्यवहार


१ असार २०७९, बुधबार


काठमाडौँ । समाचार सङ्कलनका लागि टेकुस्थित फोहर सङ्कलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् ।

समाचार सङ्कलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार सङ्कलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर निकाल्न लगाएको हिमालय टेलिभिजनले जनाएको छ ।

यसैबिच नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको बताएको छ ।

महासङ्घका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस