चितुवाको आक्रमणबाट बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितुवाको आक्रमणबाट बालकको मृत्यु


१ असार २०७९, बुधबार


काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट चार वर्षका सुप्रिम रिलामीको मृत्यु भएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

बालकको शव चितुवाले चिथोरेको अवस्थामा घर नजिकै छपेली सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।

चितुवाले बालकको घाँटीमा चिथोरेको थियो। पछिल्लो समय तनहुँमा फेरि चितुवाको आतङ्क बढेको छ।

गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर वडा नम्बर १ र ४ मा दुई जना घाइते भएका थिए।

२०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवा नियन्त्रण गर्न खोरसमेत राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस