दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते


३१ जेष्ठ २०७९, मंगलबार


चितवन । जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर आज दिउँसो एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका–३ का ६९ वर्षीय सुकबहादुर तामाङ मध्यम घाइते भएका छन् । स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस