संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ ।

अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले भने प्रमुख प्रतिपक्षले उठाएका विषयअनुसार नै आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि संसद् चल्न दिनुपर्ने बताए ।

स्पष्टीकरण दिन पाउने मन्त्रीको अधिकार भएको भन्दै उनले एमाले सांसदहरूलाई बस्न आग्रह गरेका थिए ।

सचेतक भट्टराईले भने मन्त्रीमाथि छानबिन भएपछि संसद् चलाउन एमालेले दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस