छात्रवृत्तिका लागि दरखास्त आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छात्रवृत्तिका लागि दरखास्त आह्वान


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

नारायण प्रसाद देवकोटा छात्रवृत्ति-२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार-२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति-२०६७, विजयालक्ष्मी छात्रवृत्ति-२०७४ र मकसुदन चौधरी मेमेरियल पुरस्कार २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कारका लागि योग्यता पुगेका विद्यार्थीले दरखास्त दिन सक्ने क्याम्पसले जनाएको छ ।

छात्रवृत्तिका लागि असार ०७ गतेसम्म नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित परीक्षा शाखामा निवेदन दिनुपर्नेछ ।


Tags :
प्रतिक्रिया दिनुहोस