मौसमका कारण काठमाडौँ आउनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मौसमका कारण काठमाडौँ आउनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडौँका लागी उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौँका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ : ५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्ने अवस्था थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस