भोलिदेखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ बिदा र नयाँ कार्यालय समय ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भोलिदेखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ बिदा र नयाँ कार्यालय समय !


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

आइतबारको बिदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

सरकारले जेठ २३ गते आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

जस अनुसार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० : ०० देखि अपराह्न ५ : ०० बजेसम्म हुने छ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० : ०० बजेदेखि अपराह्न ४ : ०० बजेसम्म हुने छ।

त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० : ०० बजेदेखि अपराह्न ३ : ०० बजेसम्म हुनेछ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस