संसदीय समितिको निर्देशन : निजगढ विमानस्थल यथाशीघ्र सुरु गर्नुहोस् ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय समितिको निर्देशन : निजगढ विमानस्थल यथाशीघ्र सुरु गर्नुहोस् !


३१ जेष्ठ २०७९, मंगलबार


काढमाडौँ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै समितिले निजगढ विमानस्थल तत्काल अगाडि बढाउन निर्देशन दिएको हो । समितिले सोमबार पारित गरेको उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरेको छ ।

उपसमितिले विमानस्थल निर्माणस्थलको अध्ययन भ्रमण गरेर तयार पारेको सुझावसहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । सोही प्रतिवेदनमा टेकेर समितिले यथाशीघ्र निजगढ विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।

हालै मात्र सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको छ । सर्वोच्चले अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न निर्देशन दिएको छ ।

भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट विमानस्थलका रूपमा विकास गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस