प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।

कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पारे ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टीभित्र सबैसाग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रियासमेत दिए ।

पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस