इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको शेयर कारोबार रोक्का गरिएको छ ।

ती दुई बैङ्कले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।

मेगा बैङ्कका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्क एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिए ।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैङ्क एकापसमा गाभिएपछि सबैभन्दा ठुलो बैङ्क बन्नेछ । एकापसमा गाभिएपछि बैङ्कको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क रहने बताइएको छ ।

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैङ्क एक आपसमा गाभिएपछि बन्ने बैङ्कको कूल चुक्ता पूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस