धनकुटामा मूल्यवृद्धिको विरोधमा एमालेको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनकुटामा मूल्यवृद्धिको विरोधमा एमालेको प्रदर्शन


२९ जेष्ठ २०७९, आइतबार


धनकुटा । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपा एमाले धनकुटाले आज (आइतबार) धनकुटामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि दैनिक जनजीवन प्रभावित भएको भन्दै विरोध गरिएको एमालेका जिल्ला नेताहरूले जनाएका छन् ।

मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएकोले सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने प्रदर्शनको क्रममा नेताहरूले बताए ।

एमाले धनकुटा नगरपालिकाले आयोजना गरेको उक्त विरोध र्‍यालीमा पार्टीका विभिन्न सङ्गठनका कार्यकर्ता सहभागी थिए ।

र्‍यालीले धनकुटा बजारका विभिन्न भागको परिक्रमा समेत गरेको छ । विरोध र्‍यालीपछि भीमनारायण चोकमा आयोजित कोणसभामा एमाले नेताहरु उज्ज्वल किराँती, अर्जुन छारा लगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले जनताको ढाड सेक्नेगरी गरिएको महँगी ज्यादतीपूर्ण भन्दै सरकारको ध्यानाकर्षण नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस