सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु भएको कर छुट बैङ्कलाई लागु नहुँने मेयर बालेनको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु भएको कर छुट बैङ्कलाई लागु नहुँने मेयर बालेनको घोषणा


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैङ्कलाई करछुट नहुने बताएका छन् । आज बसेको कार्यपालिका बैठकमा उनले रेस्टुरेन्टमा हुने करछुट बैङ्कलाई नहुने बताएका हुन् ।

“हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ । रेस्टुरेन्ट र बैङ्कहरूले हामी सेवा दिन चाहन्छौँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैङ्कले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् । रेस्टुरेन्टभन्दा बैङ्कको कर धेरै हुन्छ,” मेयर बालेनले भने, “सरसफाइ सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ । रेस्टुरेन्ट बिहानैदेखि सुरु हुन्छ । महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता हुनेछ ।”

महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस