शहीद गङ्गालाल अस्पतालद्वारा ठूलो संख्यामा कर्मचारी माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शहीद गङ्गालाल अस्पतालद्वारा ठूलो संख्यामा कर्मचारी माग


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।

खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

वरिष्ठ कन्सल्यान्ट कार्डियाक सर्जन, वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्टेन्ट एनस्थेसिस्ट, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ फर्मासिस्ट, ल्याब टेक्नोलोजिस्ट, प्रशासन सहायक लगायत पदमा दरखास्त आह्वान गरिएको छ ।

कुनै पदमा आजको दिनदेखि ३० दिनभित्र र कुनै पदमा २१ दिनभित्र दरखास्त दिनुपर्ने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

 विज्ञापन !

Tags :
प्रतिक्रिया दिनुहोस