सेनाको टोली खटियो प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सेनाको टोली खटियो प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको उद्धार टोली खटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार नेपाली सेनाको हेलिकप्टरले रेञ्जर गणको उद्धार टोलीलाई ककनी गाउँपालिका–७ मा छोडेर फर्केको छ ।

सेनाको टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकलाई त्यहाँबाट उद्धार गर्नेछ ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस