मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती छनोट सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती छनोट सुरु


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ती खोलेको हो।

५ महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बुले जानकारी दिए।

भर्ती हुन जिल्ला र बाहिरी जिल्ला बर्दिया, हुम्ला, जुम्ला, बाजुरा, दैलेख, रौतहटलगायतका जिल्लाबाट युवाहरूको उपस्थित रहेको छ। अहिले आवेदन दिएकाहरूको शारीरिक परीक्षण र स्वास्थ्य रिपोर्टहरू छनोट भइरहेको लिम्बुले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस