२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्ज : जनावरको आक्रमणबाट ३७ जनाको ज्यान गयो

अ+ अ-

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो तीन महिनायता बाघको आक्रमणबाट नौ जनाको ज्यान गएको छ । एउटा बाघलाई हिँडडुल गर्न झन्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्ती वरपरसम्म पुग्ने गरेको विज्ञको भनाइ छ ।

आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बाघको सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रलाई वासस्थान बनाएकाले आक्रमणको घटना बढेको बताए ।

पछिल्लो पटक राप्ती नगरपालिका १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइबा) लाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते वाइबाको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस