गृह मन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न छन् : प्रेम सुवाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृह मन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न छन् : प्रेम सुवाल


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालले गृह मन्त्रालयका अधिकारीका पत्नी र नातेदारहरु मिटर ब्याज कारोबारमा संलग्न रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सुवालले बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने भनिए पनि गृह प्रशासनका हाकिमका पत्नीहरू नै त्यसमा संलग्न भएको बताए ।

‘बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने कुरा छ तर गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको छन्’, सुवालले भने, ‘कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम जोगीमा राखेको समाचार पनि छ । यो लगत काम कानुन हातमा लिन सक्नेहरुले गरेको देखियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस