उच्च पदस्थमाथि निगरानी बढाइँदै, बैङ्क खाता निगरानी गर्न राष्ट्र बैङ्कको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उच्च पदस्थमाथि निगरानी बढाइँदै, बैङ्क खाता निगरानी गर्न राष्ट्र बैङ्कको निर्देशन


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै उच्च पदस्थ अधिकारीको बैङ्क खाता निगरानी गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो।

बैङ्क तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्नुपर्ने राष्ट्र बैङ्कको उक्त निर्देशनमा उल्लेख छ।

बैङ्क तथा वित्तीय संस्थाले राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतका न्यायाधीश, संसद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ। यस्तै विदेशी नियोगका उच्च अधिकारीको बैङ्क खाता पनि निगरानीमा राख्न निर्देशन दिइएको छ।

यसै गरी, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिन सक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैङ्कको छ।

Tags :
प्रतिक्रिया दिनुहोस