भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, सात हजार २४० नयाँ सङ्क्रमित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, सात हजार २४० नयाँ सङ्क्रमित


२६ जेष्ठ २०७९, बिहिबार


नयाँ दिल्ली । भारतमा बुधबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सोमबार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्धि दर बढेको पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।

हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ ।

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

भारतमा कोरोना सुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस