मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने छ भने । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस