फोहोर लिएर ट्रक बञ्चरेडाँडा जान चालकद्वारा अस्वीकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फोहोर लिएर ट्रक बञ्चरेडाँडा जान चालकद्वारा अस्वीकार


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर उठाउन काठमाडौँ महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद मिलेको छैन । सिसडोल क्षेत्रका स्थानीयले काठमाडौँमा भएको सहमति अस्वीकार गरेका छन् ।

उनीहरूको आन्दोलनले बुधबार फिर्ता भएका ट्रकहरू काठमाडौँमै थन्किएका छन् ।

बुधबार प्रहरी र बञ्चरेडाँडाका स्थानीयबिच झडप भएको थियो । झडपमा स्थानीयले फोहोर बोकेर गएका ट्रक तोडफोड गरेका थिए । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

मंगलबार प्रहरीको सुरक्षामा डेढ सय ट्रक फोहोर विसर्जन गरिएको भए पनि त्यसयता फोहोर फाल्न सकिएको छैन ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले ट्रक चालकहरूसँग वार्ता भइरहेको जानकारी दिइन् । उनका अनुसार प्रहरी सुरक्षामा पनि फोहोर विसर्जन स्थलसम्म लैजान सकिएको छैन ।

गत सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोलको रोहबरमा त्रिपक्षीय सम्झौता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस