सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनः सञ्चालन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनः सञ्चालन


२६ जेष्ठ २०७९, बिहिबार


बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।

अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनः सञ्चालन भएको हो ।

अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी भेगमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ ।

सञ्चार सेवा अवरुद्धपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैङ्क र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियो ।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा पुनः सञ्चालनमा आएपछि प्रशासनको सेवा निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस