छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधारणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।

छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधारणलाई सहज हुने गरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए ।

उनले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरे ।

“मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस