प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो ।

आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।

वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेरावारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न लागिएको बताएका छन् ।

त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्ट लाई मध्य नजर गर्दै वडा कार्यालय नजिकैको बैङ्कबाट भत्ता उपलब्ध गराउने पहलकदमी सुरु गरिएको उनले बताए ।

युवा विद्यार्थीहरूको लागि खेलकुदलाई महत्त्वका साथ हेरेका लिम्बूले खेलकुद विकासको लागि गाउँपालिका स्तरीय र वडा स्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छन् ।

आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र क्रिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारण रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस