प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट माथिको छलफल आज पनि जारी रहने भएको छ । मन्त्रालयगत छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्तावसमेत पेस हुने छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेस गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो भने जेठ २३ गतेदेखि मन्त्रालयगत शीर्षकको बजेटमा छलफल थालिएको थियो ।

मन्त्रालयगत र मातहतका कार्यालयको बजेटमा छलफल सकिएपछि जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ ।

जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ । त्यसपछि सरकारलाई खर्च गर्ने बाटो खुल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस