सरकारी हाकिम र माथिको आदेश ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी हाकिम र माथिको आदेश !


२५ जेष्ठ २०७९, बुधबार


अलि पहिलाको कुरा हो । जुन समयमा राजा महाराजाको अगाडी जाँदा जो सुकैले पनि सवारी साधन प्रयोग गर्न पाउँदैन थिए । एकदिन महाराज चौरमा टहल्दै गर्दा प्रधानमन्त्री भेट्न आएको खबर द्वारपालले पुर्‍यायो । महाराजाले प्रधानमन्त्रीलाई चौरमै बोलाउन लगाए ।

उनी सवारी ढोकामै छोडेर महाराजकोमा उपस्थित भए । महाराज र प्रधानमन्त्री दुवै चौरमा घुम्दै राज्यको कुरा गर्दै थिए।

केही समयपछि महाराजले प्रधानमन्त्रीलाई मैले सात दिन अगाडी गर्न भनेको काम के भयो भनेर सोधे ।

प्रधानमन्त्रीले पनि ‘माथीबाट आदेश आएकोले गर्न नसकेको’ भनेर उत्तर दिए ।

कहिबेर पछि प्रधानमन्त्री महाराजसँग अनुमति लिएर बिदा भए । प्रधानमन्त्री आफ्नो सवारी नजिक पुग्नै लाग्दा महाराजाले प्रधानमन्त्रीलाई तुरुन्त बोलाउन आदेश दिए ।

खबर पाउनासाथ प्रधानमन्त्री केही बित्यास परेछ भनी सोच्दै हस्याङफस्याङ गर्दै राजाको अगाडी उपस्थित भए ।

राजाले प्रधानमन्त्रीलाई चिया चमेना गराएर सोधे -‘प्रधानमन्त्री जी, मैले सात दिन अगाडी दिएको जिम्मेवारी पूरा गर्न नसक्नुमा माथिको आदेश भन्नुभयो, त्यो आदेश कसले दिएको हो ?’

प्रधानमन्त्रीले तत्काल भने -‘सरकार ! कुनै नहुने काम गर्न परेमा वा कुनै हुने काम नगर्नु परेमा माथिको आदेश भन्ने बानी परेको छ, त्यही भएर अघि कुरा खुस्किएछ’

प्रधानमन्त्रीको कुरा सुनेर राजा अचम्मित भएर भुईँमा लडे, अनि कोमामा पुगे र अझैसम्म फर्केका छैनन् ।

कतै हाम्रो नेपालको निजामती प्रशासन पनि यस्तै कोमाको हालतमा त छैन ?

गैरलाभ हुने भएमा सुटुक्क काम गर्ने वा माथिको आदेश भन्ने वा कतैबाट रोकावट आउन खोजेमा दबाबबाट खुलाउनको लागि हरसम्भव प्रयास गर्न कुनै कसर नछोड्ने ।

अहिले कर्मचारीको विवेक र कार्यशैली हेर्दा त यो कुरा सही हो वा माथिको आदेश मा चल्नेले पाएको अवसरले कतै राजनीतिज्ञहरू जनतालाई ठग्दै त छैन भनेर सोच्न यी कुरा प्रयाप्त छैनन् र ?

१. अर्थ मन्त्रालयले दिने स्रोत सुनिश्चितता कति अवधिमा काम सक्नु पर्ने हो कसैलाई वास्ता छैन । रु २० लाखको बजेट, ७ करोडको ईष्टिमेट, स्रोत सुनिश्चितता अनि काम सकिने कहिले ? यो गर्न पर्ने माथिको आदेश ! यो स्रोत सुनिश्चितता कहिलेसम्म, कुन कानुन, कुन अभ्यास र आफू खुसी गरेको कार्यको बोझ अरूलाई दिन पाइन्छ ?

२. ठेकेदारले काम गर्दैन । कारबाही र सम्झौता तोड्नु पर्नेमा केही नगर्ने हेरेर बस्ने, यो काम नगर्ने माथिल्लो आदेश !

सुझाव : राजालाई होइन प्रधानमन्त्रीलाई कोमामा पठाउनु पर्ने प्रणाली आवश्यक !

Tags :
प्रतिक्रिया दिनुहोस