श्रम मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रम मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच वर्षे रणनीतिक योजनाको मस्यौदामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०७९/०८० देखि ०८३/०८४ को रणनीतिक योजनाबारे छलफल गरेको हो ।

मन्त्रालयका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि एक नारायण अर्यालले ५ वर्षे रणनीति मन्त्रालयको बेसिक प्रिन्सिपल, प्रोसेस तथा भिजन भएको बताउँदै भविष्यमा कहाँ पुग्छौँ भन्ने दस्ताबेजसमेत भएको बताएका छन् । नेतृत्व परिवर्तन भए पनि दस्ताबेज परिवर्तन नहुने बताउँदै सचिव अर्यालले मन्त्रालयलाई प्राप्त छ वटा पिल्लरमा आधारित रहेर रणनीति तयार भएको र सरोकारवालाहरूको सुझाव र सल्लाहसमेत समावेश गरी अझ प्रभावकारी बनाइने बताए ।

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको प्रस्तुतीकरण रहेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालय तथा विभाग र अन्य सरोकारीत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा सरोकारवाला पक्षबाट आएका सुझावहरूलाई रणनीतिक योजनामा प्राथमिकतासाथ समावेश गरिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस