फाप्ला क्रिकेट रङ्गशाला ३ वर्षमा पूरा गर्ने गरी काम गर्ने अध्यक्ष शाहीको प्रतिबद्धता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फाप्ला क्रिकेट रङ्गशाला ३ वर्षमा पूरा गर्ने गरी काम गर्ने अध्यक्ष शाहीको प्रतिबद्धता


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले अबको तीन वर्षभित्र रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१५ देखि शाहीकै नेतृत्वमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान सुरु भएको हो । फाप्लाको प्रचारप्रसारका लागि पछिल्लो संस्करणको धनगढी प्रिमियर लिगसमेत फाप्लाकै निर्माणाधीन मैदानमा आयोजना गरिएको थियो ।

उनले भने, ‘सङ्घीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुरुवाती बजेट थोरै भए पनि बहु वर्षीय परियोजना भएको हुनाले बजेटमा समस्या हुँदैन भन्ने लागेको छ । यसको निर्माण मोडल अन्य भन्दा फरक छ । यहाँ सरकारी लगानीका साथ साथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’

८ वर्ष यही फाप्लाका लागि भनेर हिँडेकाे र अबको तीन वर्षभित्र रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित पूरा समय दिने उनले बताए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई तीन वर्षका लागि विकास समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस