नवलपरासी अदालतमा गोली चलाएको अभियोगमा एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवलपरासी अदालतमा गोली चलाएको अभियोगमा एक जना पक्राउ


२४ जेष्ठ २०७९, मंगलबार


परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मङ्गलापुरका २८ वर्षीय हंशराज यादव रहेका छन् ।

यादवलाई मङ्गलवार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एक जना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जनाएको छ ।

उनका अनुसार यादवको साथबाट ७।६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउन्ड गोली पनि बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस