लोसपाका नेताहरूलाई एकतामा आउन जसपा अध्यक्ष यादवको आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोसपाका नेताहरूलाई एकतामा आउन जसपा अध्यक्ष यादवको आह्वान


२४ जेष्ठ २०७९, मंगलबार


जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए ।

प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस