बाँके र बर्दिया घटनाबारे गृहमन्त्री खाँणलाई जवाफ दिन सभामुखको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँके र बर्दिया घटनाबारे गृहमन्त्री खाँणलाई जवाफ दिन सभामुखको निर्देशन


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए ।

सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस