आजको मौसम : यी नदीमा बढ्नेछ बहाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : यी नदीमा बढ्नेछ बहाव


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । देशका केही स-साना नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, पाँचथर, सङ्खुवासभा, दोलखा, लमजुङ, कास्की र आसपास भई बहने स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । केहीमा नदीमा आकस्मिक बहाव समेत हुन सक्नेछ ।

महाशाखाले उक्त जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य मात्र बढ्ने पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस