२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नास्टका वैज्ञानिकसहितको टोली सिसडोल जाँदै, लिच्चड, पानी र ग्याँसको नमुना सङ्कलन गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरूको टोली आज सिसडोल जाँदैछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो ।

विज्ञसहितको टोलीले सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने टोलीका एक जना सदस्य सुनिल लम्सालले जानकारी दिए ।

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्त्व प्रयोग गर्ने तयारी छ । दुर्गन्ध हटाउने जैविक तत्त्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अमृता पौडेल नेतृत्वको टोलीले अध्ययन गर्ने लम्सालको भनाइ छ ।

साथै त्यहाँबाट निस्किएको लिच्चडले पानीमा गरेको असरबारे अध्ययन गर्न ३ सय मिटर, ६ सय मिटर, १ किलोमिटर, २ किलोमिटर र ३ किलोमिटरको दुरीबाट पानीको नमुना सङ्कलन गर्नुका साथै त्यहाँबाट निस्किरहेको ग्याँसबारे पनि अध्ययन गर्ने लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस