नाइजेरियाको चर्चमा आक्रमण, बालबालिकासहित २१ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नाइजेरियाको चर्चमा आक्रमण, बालबालिकासहित २१ जनाको मृत्यु


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन्।

हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको रक्तपात नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।

ओन्दो स्टेट गभर्नर अफिसका प्रवक्ता रिचार्ड ओलाटुन्डेले बताएअनुसार यस सेवामा उपस्थित उपासकहरूमाथि अन्धाधुन्ध हतियारधारी समूहले गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा २१ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले भने, ‘उनीहरू चर्चमा समेत प्रवेश गरेनन्, नजिकै रहेका घरहरूका झ्यालबाट गोली ठोकिरहेका थिए।’

घटनामा अन्य ४० जना घाइते भएका बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस