२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्विटर सम्झौता फिर्ता लिने भन्दै मस्कले दिए धम्की

अ+ अ-

काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य अरबपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो योजना फिर्ता लिने धम्की दिएका छन् ।

उनले सामाजिक सञ्जाल कम्पनीले आफूले यसको प्रयोगकर्ताको आधारबारे थप जानकारी लिनका लागि गरेको अनुरोधलाई निराश पारेको आरोप लगाएका छन् ।

नियामकहरू समक्ष पेस गरिएको एक पत्रमा मस्कले स्पाम खाताहरू आफैँले मापन गर्ने आफूसँग अधिकार रहेको उल्लेख गरेका छन् । अर्को सूचना जारी नहुन्जेल आफ्नो ट्विटर किन्ने सम्झौतालाई थाती राख्ने मस्कको घोषणा पछि हप्तौँ सम्म बढेको विवादलाई यस पत्रले औपचारिक बनाइदिएको छ । तर ट्विटरले आफ्ना अनुमानहरूको रक्षा गरेको छ ।

यता मस्कले स्पाम र नक्कली खाता ट्विटरले सार्वजनिक रूपमा बताएको भन्दा बढी रहेको आफूलाई विश्वास लागेको बताएका छन् । ट्विटरले त्यस्तो संख्या नियमित प्रयोगकर्ताको संख्याको पाँच प्रतिशत भन्दा कम रहेको बताएको थियो ।

सो पत्रमा मस्कका वकिल माइक रिंगलरले लेखेका छन्, “ट्विटरका भावी मालिकका हिसाबले मस्कसँग ट्विटरको व्यापार आफ्नो स्वामित्वमा ल्याउने र आफ्नो आर्थिक कारोबारको सहजीकरणको तयारीका लागि यस कम्पनीसँग तथ्याङ्क माग्ने स्पष्ट अधिकार छ । मस्कले ट्विटरकोे व्यापारको नमुना पूर्ण रूपमा बुझ्नु जरुरी छ ।”