ट्विटर सम्झौता फिर्ता लिने भन्दै मस्कले दिए धम्की « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ट्विटर सम्झौता फिर्ता लिने भन्दै मस्कले दिए धम्की


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य अरबपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो योजना फिर्ता लिने धम्की दिएका छन् ।

उनले सामाजिक सञ्जाल कम्पनीले आफूले यसको प्रयोगकर्ताको आधारबारे थप जानकारी लिनका लागि गरेको अनुरोधलाई निराश पारेको आरोप लगाएका छन् ।

नियामकहरू समक्ष पेस गरिएको एक पत्रमा मस्कले स्पाम खाताहरू आफैँले मापन गर्ने आफूसँग अधिकार रहेको उल्लेख गरेका छन् । अर्को सूचना जारी नहुन्जेल आफ्नो ट्विटर किन्ने सम्झौतालाई थाती राख्ने मस्कको घोषणा पछि हप्तौँ सम्म बढेको विवादलाई यस पत्रले औपचारिक बनाइदिएको छ । तर ट्विटरले आफ्ना अनुमानहरूको रक्षा गरेको छ ।

यता मस्कले स्पाम र नक्कली खाता ट्विटरले सार्वजनिक रूपमा बताएको भन्दा बढी रहेको आफूलाई विश्वास लागेको बताएका छन् । ट्विटरले त्यस्तो संख्या नियमित प्रयोगकर्ताको संख्याको पाँच प्रतिशत भन्दा कम रहेको बताएको थियो ।

सो पत्रमा मस्कका वकिल माइक रिंगलरले लेखेका छन्, “ट्विटरका भावी मालिकका हिसाबले मस्कसँग ट्विटरको व्यापार आफ्नो स्वामित्वमा ल्याउने र आफ्नो आर्थिक कारोबारको सहजीकरणको तयारीका लागि यस कम्पनीसँग तथ्याङ्क माग्ने स्पष्ट अधिकार छ । मस्कले ट्विटरकोे व्यापारको नमुना पूर्ण रूपमा बुझ्नु जरुरी छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस