थप २१ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

थप २१ जनामा कोरोना संक्रमण पुष्टि


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस