बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै


२३ जेष्ठ २०७९, सोमबार


लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस