यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेस भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेस गरिएको थियो ।

सभामुखले निर्णयार्थ पेस गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस