२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत, चालक निदाएकाले दुर्घटना भएको अनुमान

अ+ अ-

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२, योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।

यस्तै बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा-५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्चार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै रोहिणी गाउँपालिका ३ रोहिणी पुलमा भएको उक्त दुर्घटना चालक निदाएको कारणले भएको धेरैको ठम्याई छ । दायाँ साइडबाट गुड्नुपर्ने बस बायाँ साइडमा गएर पुलका १० वटा रेलिङ भाँचेर खोलामा खसेकाले चालक निदाएर वा तीव्र गतिले अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए । ‘चालक घाइते भएकाले उनी बोल्न सकेका छैनन्,सहचालकले आफू निदाएको बताएका छन्,हाम्रो अनुमान पनि चालक निदाएकै कारण दुर्घटना भएको हो भन्नेमा बढी छ’ केसीले भने ।