२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : गुरिल्ला ट्रेलदेखि, चार लेन सडकसम्म (पूर्णपाठ)

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज (आइतबार) नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा नेपाल सरकारसँग सहकार्यमा जडीबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरिने उल्लेख गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा जडीबुटी सम्बन्धी सेवा दिने कार्यालय र प्रदेशभित्र काठको सहज आपूर्तिका लागि प्रदेश वन निगम स्थापना गरिने जनाइएको छ । प्रदेश सङ्ग्रहालय स्थापनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

चिसापानी सुगरखाल पण्डौन खैराला खानीडाडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार भन्ने नाराका साथ पर्यटन उद्योगलाई सेवामूलक व्यावसायिक र प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने र आवश्यक कानुनी तथा संरचनागत व्यवस्था गरी प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत क्रमिक रूपमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गर्ने र १५० सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला विस्तार गरिने उल्लेख छ ।

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने र कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने भनिएको छ ।

नीति तथा कार्यक्रममा कैलाली कञ्चनपुरमा बहुउद्देश्यीय रङ्गशाला र स्तरोन्नति गरी रात्रि कालिन खेल सञ्चालन गर्ने र मुख्यमन्त्री खेलकुद प्रतियोगितालाई विस्तार गरिने, चिसापानी अत्तरिया गड्डाचौकी खण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गरिने छ, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाको संस्थागत संरचना गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारलाई निरन्तरता दिने भएको छ । उक्त पुरस्कारमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने छ। चालू आर्थिक वर्षमा पनि उक्त कार्यक्रम कार्यान्वयनमा छ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने भएको छ।

प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने बताए।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस