रोहिणी बस दुर्घटना : ज्यान गुमाएका ९ मध्ये ८ जनाको खुल्यो पहिचान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रोहिणी बस दुर्घटना : ज्यान गुमाएका ९ मध्ये ८ जनाको खुल्यो पहिचान


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । रुपन्देहीको रोहिणीमा आज (आइतबार) बिहानै भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ।

जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये एक जना पुरुषको भने सनाखत हुन सकेको छैन ।

सनाखत हुनेहरूमा रुपन्देहीको तिलोत्तमा-२ योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

त्यस्तै रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

बसमा दुई जना चालक र एक जना सहचालक सहित ३३ जना सवार थिए । जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

बसमा सवार ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन् । घाइते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस