राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले आगामी असार १ गते ७६ जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत र काठमाडौमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस